कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले गरे विदाइ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विदाइ गरेका छन् । प्राधिकरणका कर्मचारीले आज एक कार्यक्रमको आयोजना गरेर घिसिङलाई विदाइ गरेका हुन् ।

विदाइ गर्दै प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका थिए । प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा घिसिङको ४ वर्षे कार्यकाल आइतबार नै सकिएको थियो ।

उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज व्यापकरुपमा उठेको छ । तर सरकारले हालसम्म कुनै निर्णय लिइसकेको छैन ।

तपाईको प्रतिक्रिया

Techie