कुलमानको समर्थनमा भएको प्रदर्शनमा प्रहरीले हान्यो पानीको फोहोरा

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्गलाई नियुक्त गर्नु पर्ने मागसहित काठमाडौंको माइतिघरमा प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले तितरवितर पारेको छ ।

आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उहाका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन आदेश नै जारी गरेको छ । कुलमान घिसिङ्ग भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका थिए ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

३१ जेष्ठ २०७७, शनिबार १०:०० ३१ जेष्ठ २०७७, शनिबार १०:००

काठमाडौं : नेपालमा…

९ श्रावण २०७७, शुक्रबार १६:४१ ९ श्रावण २०७७, शुक्रबार १६:४१

  काठमाडौं : नेपालमा…

२७ आश्विन २०७७, मंगलवार ०७:३६ २७ आश्विन २०७७, मंगलवार ०७:३६

काठमाडौं : सरकारले…

Techie