कुखुराहरु मर्न थालेपछि तामाकोसीका किसानहरु चिन्तित

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकामा धमाधम कुखुराहरु मर्न थालेका छन । किसानहरुले लाखौं रकम खर्च गरेर पालेका कुखुरा धमाधम मर्न थालेपछि उनिहरु चिन्तित बनेका छन । किसानले पालेका हजारौं कुखुरा वडा नम्बर ६ च्यामामा मात्र मरिसकेको स्थानीयहरुले बताएका छन ।

गाउँगाउँमा समूह बनाएर खाद्य पोषण सुधार कार्यक्रमले कुखुरा बितरण गरेको थियो । खाद्य तथा पोषण सुधार कार्यक्रमले प्रती कुखुरा १५ प्रतिशत स्थानीयहरुसग रकम लिएर सुत्केरी र बालबालिकाको समूह बनाएर कुखुरा बितरण गरेको थियो । कार्यक्रमले निषेधाज्ञा खुल्ने बित्तिकै गाउँगाउँमा तथ्यांक सङकलन गरि किसानहरुलाइ पुन कुखुरा बितरण गर्ने बताएको छ । पालिकाको वडा नम्बर ४ मालु र वडा नम्बर ५ शहरेमा समेत हजारौं कुखुरा मरिसकेका छ्न । कुखुरा क्ुन रोगले मरेका हुन भन्ने अझै पत्ता लागेको छैन ।

तपाईको प्रतिक्रिया

Techie