कालिकोट पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो

कालिकोट : कालिकोटको तिलागुफा नगरपालिका बडा नम्बर एक नाग्म बजारमा गएको पहिरोमा एकै परिवारका चारसहित दश जनाको मृत्यु भएको छ । कालीकोट र जुम्लाको सिमानामा रहेको नाग्म बजारमा गएको पहिरोमा नाग्म बजारमा व्यापार गर्दै आएका शुभकालिका गाउँपालिका ७ का ४० वर्षीय परेक शाहीको परिवारका चार जनाको मृत्यु भएको हो ।

पहिरोमा परेर शाहीसहित उनका पाँच वर्षीय छोरा निराजन, दुई महिने छोरा अक्कल र आठ वर्षीया छोरी हिमाको मृत्यु भएको हो ।

यस्तै तिलागुफा नगरपालिका १ का ३० वर्षीय तेजबहादुर दमाई, उनकी श्रीमति छोइली दमाई, उनका छ वर्षीय छोरा गजेन्द्र, सोही स्थानकी ३५ वर्षीया मञ्जु कटुवाल, सुर्खेत भेरीगंगा नगरपालिका–१० की ४५ वर्षीया आईती खड्का र सोही स्थानका २३ वर्षीय अमृत थापाको पनि पहिरोमा परेर ज्यान गएको छ ।

पहिरोमा परेका पुन्या शाही र अर्जुन हमालको उद्धार गरिएको छ । घाइते दुबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Techie