कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनका विषयमा ओली-दाहाल भेटवार्ता हुँदै

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता हुँदैछ । महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनका विषयमा दुई अध्यक्षविच वालुवाटारमा आज छलफल हुन लागेको हो ।

प्रतिवेदनमा दुई अध्यक्षले सहमति जुटाएपछि त्यसलाई कार्यान्वयनका लागि सचिवालय बैठकमा पेश गर्ने तयारी छ । दुई अध्यक्ष विच सहमति जुटेमा केही दिनमै सचिवालय बैठक बोलाउने तयारी छ ।

नेकपाको अन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले शनिवार सत्र पेज लामो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा ओली सरकार सञ्चालनमा केन्द्रीत हुने र दाहाल पार्टी सञ्चालनमा केन्द्रित हुने उल्लेख छ ।

सरकारका काम थप प्रभावकारी बनाउन केन्द्र तथा प्रदेशका मन्त्रीहरु हेरफेर गर्न पनि समितिले सुझाव दिएको छ । एकता महाधिवेशन, पार्टी एकतालाई पुर्णता लगायतका विषय पनि प्रतिवेदनमा समेटिएका छन् ।

तपाईको प्रतिक्रिया

Techie