काबुलमा रकेट प्रहार हुँदा आठ जनाको मृत्यु

काठमाडौं:  अफगानिस्तानको राजधानी काबुलमा रकेट प्रहार हुँदा कम्तीमा पनि आठ जनाको मृत्यु भएको छ । शनिबार बिहान कार्यालय समयमा काबुलको वस्तीमा थुप्रै रकेटहरू प्रहार भएका हुन । रोयटर्सका अनुसार त्यसमा परी कम्तीमा पनि आठ जना नागरिकको मृत्यु भएको छ । ३१ जना घाइते भएका छन । आक्रमणकारीले १४ वटा रकेटहरू सानो ट्रकमा हालेर प्रहार गरेको सेनाले जनाएको छ । रकेट बोकेका ट्रक शहरमा कसरी पसे भन्ने बारेमा अनुसन्धान भैरहेको सेनाले जनाएको छ । आक्रमणपछि सार्वजनिक भएका दृश्यमा कारहरू बिग्रिएका, घरहरू भत्किएको झ्यालहरू फुटेको देखिएको छ । केही स्थानियले भने रकेट प्रहार गरेको भिडिओहरू समेत खिचेका सार्वजनिक गरेका छन । एउटा रकेट काबुलस्थित इरानी दूतावास परिसरमा पनि लागेको छ । दूतावासले विज्ञप्ती जारी गर्दै आक्रमणमा कुनै मानविय क्षति नभएको जनाएको छ । तालिबानले आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको बताएको । करिव पाँच लाख जनसंख्या रहेको काबुलमा तालिबान र अरू अतिवादी समुहहरूबाट आक्रमणका घटना बढेका छन ।

तपाईको प्रतिक्रिया

Techie