काठमाडौमा थप तीस जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा तीस जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २७, ललितपुरका दुई र भक्तपुरका एक जनामा कोरोना पुष्टि भएको हो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका २१ , भक्तपुरका १ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ५ जना संक्रमित भेटिएका छन् भने वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या १ सय ३६ पुगेको छ । भक्तपुरमा २९ र ललितपुरमा १९ जना संक्रमित छन् । यसअघि नै राजधानीका करिब ३० जनाभन्दा बढी कतै नगएका व्यक्तिमा कोरोना भाइरस देखिएपछि स्थानीय संक्रमण भएरनभएको यकिन गर्न शनिबारदेखि नमुना संकलन थालेको छ । विदेशबाट हवाईजहाजमा आउने नागरिकको निगरानीमा सरकार चुकेकाले उपत्यकामा संक्रमण बढेको विज्ञहरुले बताउदै आएका छन ।

तपाईको प्रतिक्रिया

Techie