काठमाडौं महानगरले ल्यायो १६ अर्ब ४२ कराेडको बजेट

काठमाडौँ । महानगरले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि १६ अर्ब ४७ करोड रुपैयाँको अनुमानित आय व्यय विवरण सार्वजनिक गरेको छ । बुधबार नगरसभाको सातौँ अधिवेशनमा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेटमा सामाजिक विकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख बजेट बिनियोजन गरेको छ । जुन कुल बजेटको १५. २२ प्रतिशत हो । त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि एक अर्ब ७८ करोड २७ लाख ५० हजार विनियोजन गरेको छ । यो कुल बजेटको १०.८५ प्रतिशत हो ।
सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ९६ करोड ३० लाख र आर्थिक विकास क्षेत्रका लागि १७ करोड २३ लाख बजेट रहेको छ ।

सबैभन्दा धेरै पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट बिनियोजन भएको छ । यो कुल बजेटको ५१.३४ प्रतिशत हो ।

महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंङ भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण, मेगा हल निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात ब्यवस्थापन जस्ता कार्यक्रमहरुलाई बजेटका] प्राथमिकतामा राखिएको छ।

तपाईको प्रतिक्रिया

Techie