काठमाडौं महानगरपालिकाद्धारा मोबाइल भ्यान मार्फत स्वाव संकलन सुरु

काठमाडौ । कोरोना भाइरसको निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव संकलन सुरु गरेको हो । चाहेरपनि स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्यान मार्फत स्वाव संलकनको काम सुरु भएको महानगरले जनाएको छ । महामारी नियन्त्रणका लागि स्थानीय स्तरवाटै सहयोग गर्न पनि महानगरले आग्रह गरेको छ ।
काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न जनाएको छ । सरकारले घोषणा गरेअनुसार लक्षीत समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उहाँले परीक्षण आफै गर्न सक्ने क्षमता भएकाहरुलाई शुल्क तिरेरै गर्न महानगरले आग्रह गरेको छ । उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि महानगरको भनाइ छ । पछिल्लो समय काठमाडौ उपत्यका कोरोना संक्रमणको केन्द्र बनेको छ । उपत्यकामा एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

Techie