काठमाडौं प्रहरी प्रमुखमा सिंह, ललितपुरमा बज्राचार्य

काठमाडौं : काठमाडौं र ललितपुर प्रहरी परिसर प्रमुख फेरिएका छन् ।  काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका हुन् ।

यसअघि काठमाडौंको प्रहरी प्रमुखमा श्याम ज्ञवाली थिए । त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा एसएसपी टेकबहादुर राई थिए ।

गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ । भट्टराई प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया

Techie