काठमाडौं छिर्नुअघि हरेक सवारी साधनलाई यसरी गरिन्छ ‘डिसइन्फेक्सन’ (फोटोफिचर)

काठमाडौं : कोरोना भाइरस संक्रमणको फैलिन नदिन अहिले बाहिरी जिल्लाबाट आउने हरेक सवारी साधनलाई कीटाणु नष्ट गरेर मात्र काठमाडौं छिर्न दिइएको छ । नेपाल रेडक्रसको सहयोगमा सरकारले काठमाडौं छिर्ने हरेक सवारी साधनलाई डिसइन्फेक्सन गरेर मात्र पठाइने गरेको छ ।

बाहिरी जिल्लाबाट आउने एम्बुलेन्स, खाद्यान्न ढुवानीका गाडी, ग्यासका गाडी, सरकारी गाडी, बाइक लगायत सबै सवारी साधनलाई कीटाणु नष्ट गर्ने औषधि छर्किने गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie