काठमाडौं उपत्यकामा थपिए ६२ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ६२ जना कोरोना संक्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८, ललितपुर १ र भक्तपुर १३ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो । यो सँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ । योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७२७ पुगेको छ । मंगलबार देशभर २५९ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Techie