काठमाडौंमा कोरोना संक्रमितका लागि अक्सिजन बैंक स्थापना

काठमाडौं: लायन्स क्लव अफ काठमाडौं समर्पणले कोरोना संक्रमितका लागि अक्सिजन बैंक स्थापना गरेको छ । कोरोना भाइरस संक्रमणपछि घरमै उपचार गराउन बाध्य गरिव तथा विपन्नलाई निःशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउन काठमाडौंमा यस्तो बैंक स्थापना गरिएको हो । संक्रमितको संख्या बढदै गएपछि सबै विरामीले उपचार पाउने सम्भावना नदेखिएकाले उनीहरुलाई घरमै उपचार गर्न सहज होस भनेर निःशुल्क अक्सिजन वितरणको अवधारणा अघि सारेको क्लवले जनाएको छ ।

शुरुमा उपत्यकामा दुई सय सिलिण्डर अक्सिजन उपलब्ध गराउने क्लवको योजना छ । माग धेरै आए थप्दै जाने लायन्स क्लव अफ काठमाडौं समर्पणले जनाएको छ । अक्सिजन बैंक शुभारम्भ गर्दै डिस्टिक ३ सय २५ बी वान नेपालका गभर्नर मानबहादुर रोक्काले कोरोना महामारी नियन्त्रणका लागि क्लबले उदाहरणीय काम गरेको बताए ।

तपाईको प्रतिक्रिया

Techie