काठमाडौंमा कोरोना त्रास : अपरिचित व्यक्तिलाई ‘नो इन्ट्री’

काठमाडौं : काठमाडौं महानगरपालिकाको भित्रि सहरहरुमा अपरिचित व्यक्ति प्रवेशमा रोक लगाइएको छ । बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गरेकाहरुमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिन थालेपछि काठमाडौंका भित्रि सहरहरु काष्ठमण्डप, जैसिदेवल, भिमसेनथान लगायतका भित्रि क्षेत्रहरुमा अपरिचित व्यक्तिहरुलाई प्रवेश निषेध गरिएको हो ।

स्थानीयवासीहरुले ती क्षेत्रमा आएका अपरिचित व्यक्तिहरुलाई रोकेर सोधपुछ गर्दै फर्काउने गरेका छन् । आफ्नो क्षेत्रमा आफैले कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अवधारणा अनुसार सो कार्य गरिएको स्थानीयले बताएका छन् ।

त्यस्तै उक्त क्षेत्रभित्र टोलबासीहरु, टोलका डेरावालाहरु तथा अत्यावश्यक सामान ढुवानी बाहेक अन्य कोही आउन नपाउने स्थानीयहरु बताउँछन् । काठमाडौंमा कोरोना संक्रमण फैलिँदै गएपछि त्रास फैलिएको छ । उनीहरुले अन्य काठमाडौंवासीलाई समेत सोही अवधारणा अनुसार आ-आफ्नो क्षेत्रमा अपरिचित व्यक्तिलाई प्रवेश नदिन आग्रह गरेका छन् ।

भिडियो हेर्नुहोस्

काठमाडौंमा कोरोना त्रास : अपरिचित व्यक्तिलाई ‘नो इन्ट्री’

काठमाडौं : काठमाडौं महानगरपालिकाको भित्रि सहरहरुमा अपरिचित व्यक्ति प्रवेशमा रोक लगाइएको छ । बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गरेकाहरुमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिन थालेपछि काठमाडौंका भित्रि सहरहरु काष्ठमण्डप, जैसिदेवल, भिमसेनथान लगायतका भित्रि क्षेत्रहरुमा अपरिचित व्यक्तिहरुलाई प्रवेश निषेध गरिएको हो ।#avenueskhabar #staysafe #stayathome #nepalfightscorona #covid19 https://avenueskhabar.com.np/nepal/103330/

Posted by Avenues Khabar on Friday, May 15, 2020

 

 

तपाईको प्रतिक्रिया

Techie