काठमाडौंमा आजदेखि १८ वर्षमाथिका विद्यार्थी र ४० वर्षमाथिकालाइ खोप लगाइदै

खोप अभियान तीन दिन सञ्चालन हुने

काठमाडौ । काठमाडौं जिल्लामा आजदेखि १८ वर्षमाथिका कक्षा १२ मा अध्ययनरत र विश्वविद्यालयका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा विद्यार्थीले परीक्षा प्रवेशपत्र देखाएर पहिलो मात्रा लगाउन पाउनेछन् । स्वास्थ्य सेवा विभागको भदौ ३ को निर्णयअनुसार भेरोसेल खोपको पहिलो मात्रा विद्यार्थीलाई दिन लागिएको हो । १८ वर्ष माथिका कक्षा ११ र १२ अध्ययनरत तथा विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कयसैगरि चालिस वर्षमाथिका नागरिकलाई पनि आजदेखि खोपको पहिलो मात्रा दिइने भएको छ । काठमाडौं महानगरपालिकाका ३२ वडा र पालिकाले तोकेको खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ । अन्य नगरपालिकाको हकमा पनि सोही स्थानीय तहले तोकेको खोप केन्द्र निर्धारण गरिएको छ । सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र शिक्षण अस्पताल, महाराजगञ्जबाट पनि खोप लगाउने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie