काठमाडौंका यी ५५ वटा केन्द्रमा लगाइन्छ जोन्सनको कोभिड खोप

काठमाडौ । अमेरिकी सरकारले कोभ्यास सुविधामार्फत नेपाललाई उपलब्ध गराएको १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं उपत्यकासँगै देशका विभिन्न केन्द्रहरुमा खोप अभियान सञ्चालन भइरहेको छ ।सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रबाट शुभारम्भ गरेको जोन्सन एण्ड जोन्सन खोप अभियान भोलि बुधबारसम्म चल्ने छ । खोप अभियानका लागि स्वास्थ्य कार्यालय काठमाडौंले खोप केन्द्रको संख्या बढाएर ५५ वटा खोप केन्द्र तोकेको छ ।स्वास्थ्य कार्यालय काठमाडौंको १ लाख ४६ हजार ५२४ जनालाई खोप दिने लक्ष्य छ ।

 स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार पहिलो दिन सोमबार खोप ५३ र ५४ वर्ष उमेर, पूर्ण र अति अशक्त अपांग, स्वास्थ्यकर्मी र सफाइकर्मीले लगाएका छन् । सोमबार १९ हजार ६७१ जनाले खोप लगाएका छन् ।

मंगलबार अर्थात आज ५१ र ५२ वर्ष उमेर समूहका नागरिकसँगै पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुले खोप पाउनेछन् ।

यस्तै बुधबार ५० वर्ष उमेर समूहसहित पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुले जोन्सन खोप अनिवार्य गरेका देशमा जाने व्यक्ति र ५१ देखि ५४ वर्ष उमेरका खोप लगाउन पाउनेछन् ।

तपाईको प्रतिक्रिया

Techie