काठमाडौँ वायु प्रदूषित शहरहरूको सूचीमा अग्रस्थानमै

काठमाडौ । काठमाडौँ आज पनि विश्वको वायु प्रदूषित शहरहरूको सूचीमा अग्रस्थानमा रहेको छ । वर्षा भएर प्रदूषण हटेको केही दिनमै काठमाडौँ उपत्यकासहितका देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको हो । वायु प्रदूषणबारे मापन गर्ने अमेरिकी एक्यूआईका अनुसार बुधवार बिहान ६ः३९ बजेसम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ । अमेरिकी एक्यूआईका अनुसार बुधवार बिहान काठमाडौँको वायु प्रदुषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) २६८ पुगेको हो । काठमाडौँपछि बंगलादेशको ढाका सूचीको दोस्रो स्थानमा रहेको छ । सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । यसैबीच, स्वास्थ्यविद्हरुले प्रदुषणका कारण श्वास प्रश्वासमा समस्या, आँखा पोल्ने र छालामा संक्रमणजस्ता समस्या देखिन सक्ने भन्दै सावधानी अपनाउनुको विकल्प नभएको बताएका छन् ।।

तपाईको प्रतिक्रिया

Techie