कांग्रेस नेताहरुले आ–आफ्नै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने

काठमाडौ । प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले गर्ने सोमबारको विरोध प्रदर्शनमा नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने भएका छन । प्र्रदर्शनका लागि कांग्रेस नेताहरुलाई आ–आफ्नै निर्वाचन क्षेत्रमा जान पार्टीले निर्देशन दिएको हो । काठमाडौंमा रहेका नेताहरु समेत निर्वाचन क्षेत्रमा सहभागी हुन जिल्ला प्रस्थान गरेका छन । केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार कांग्रेसले सोमबार एक सय पैसठ्ठी निर्वाचन क्षेत्रमा नै विरोध प्रदर्शन गर्दैछ । कांग्रेस नेता गगन थापा नेपालगञ्ज र प्रवक्ता विश्वप्रकाश शर्मा भने काठमाडौं क्षेत्र नम्बर दुईको विरोध प्रदर्शनमा सहभागी हुने भएका छन । पार्टी सभापति शेरबहादुर देउवाले शनिवार नै अपिल प्रकाशित गरेर प्रदर्शनमा सहभागी हुन सबै लोकतन्त्रवादीलाई आग्रह गरेका छन् । कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंबैधानिक ठहर गरेर आन्दोलन घोषणा गरेको हो ।संसद पुर्नबहाली र निर्वाचनको मुद्दामा भने कांग्रेसले सर्वोच्च अदालतको आदेश कुर्ने जनाएको छ । यसअघि मंसिरको २९ गते कांग्रेसले देशभर सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।

तपाईको प्रतिक्रिया

Techie