कांग्रेस नागरिकता ऐन २०६३ कै प्रावधानकै निरन्तरताको पक्षमा

काठमाडौं : नेपाली कांग्रेस वैवाहिक अंगीकृत नागरिकताबारे नागरिकता ऐन २०६३ कै प्रावधानकै निरन्तरताको पक्षमा अडिने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले नागरिकता ऐन २०६३ कै प्रावधानलाई निरन्तरता दिनुपर्ने पार्टीको पूर्ववत अडानमा यथावत रहने निर्णय गरेको हो ।

साविकको व्यवस्थामा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलो तुरुन्तै नागरिकता पाउने व्यवस्था छ । एक नेताका अनुसार कांग्रेस अंगीकृत नागरिकताबारे साविकै व्यवस्था निरन्तर हुनुपर्ने पक्षमा उभिएको र त्यही अनुसार राज्यव्यस्था समितिमा रहेका सांसदहरुलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति शशी श्रेष्ठले वैवाहिक अंगीकृत नगारिकता सात वर्षपछि मात्र पाउने र त्यो अवधिसम्मका लागि आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता सरहको अनुमतिपत्र दिने प्रस्ताव पेश गरेकी थिइन् ।

उक्त प्रस्तावलाई सभापति श्रेष्ठले हिजै पारित गर्न खोजे पनि कांग्रेस सांसदहरुले एक दिनको समय मागेपछि बैठक आजसम्मका लागि स्थगित भएको छ । बैठक अहिले केहीबेरमा बस्ने कार्यक्रम छ । वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिनुपर्ने व्यवस्था राख्न सत्तारुढ नेकपाभित्र भने लगभग एक मत छ ।

तपाईको प्रतिक्रिया

Techie