कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो

काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । मंगलबारका लागि बोलाइएको बैठक एक साता पछिका लागि सारिएको हो । अर्को बैठक माघ १३ गतेका लागि तोकिएको छ । यसअघि पनि पुस २७ गतेका लागि बोलाइएको बैठक स्थगित गरिएको थियो । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि साझा धारणा बनाउन कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । तर बिघटनका विषयमा कांग्रेसमा दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवा पक्ष संस्थापन आन्दोलन भन्दा अदालतको निर्णय कुरेर चुनावलाई सकारात्मक लिनुपर्ने पक्षमा छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने प्रधानमन्त्रीले संबिधान नै मिचेकाले पहिले संबिधान रक्षाका लागि आन्दोलनमा जानुपर्ने अडानमा छ । विघटन असंबैधानिक भन्नेमा भने कांग्रेसमा एकमत छ ।

तपाईको प्रतिक्रिया

Techie