कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक आधा घण्टा स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ । कांग्रेस नेता विजयकुमार गच्छदारलाई प्रतिशोधका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा प्रक्रिया अघि बढाएको भन्दै कांग्रेसले दोस्रो दिनको बैठक पनि अवरुद्ध गरेको हो ।

बैठकमा कांग्रेस सांसद मीन विश्वकर्माले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको निर्देशनमा चलेको आरोप लगाए ।

कांग्रेस सांसदले उभिएर बैठक अवरोध गरेपछि सभामुख अग्नी सापकोटाले कांग्रेसले उठाएको मुद्दामा सदनको ध्यानाकर्षण भएको भन्दै सदन सुचारु गर्न आग्रह गरेका थिए ।

कांग्रेस सांसदले अवरोध जारी राखेपछि प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । कांग्रेसले यही विषयलाई लिएर बिहीबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो ।

तपाईको प्रतिक्रिया

Techie