कांग्रेसद्वारा नेपाल– भारत सीमामा अलपत्र नेपालीलाई तत्काल प्रवेश दिन सरकारसँग माग

काठमाडौं: प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नेपाल– भारत सीमामा अलपत्र नेपालीलाई तत्काल प्रवेश दिन सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै सीमा क्षेत्रमा रहेका नेपालीलाई घर फर्कन दिएर सरकार हुनुको दायित्व निर्वाह गर्न आग्रह गरेका हुन । थुप्रै नेपाली केही समयदेखि सीमामा अलपत्र रहेको र पछिल्लो चौबीस घण्टामा थप हजारौं सीमा क्षेत्रमा आइपुगेकाले उनीहरुलाई तत्काल स्वदेश प्रवेश दिनुपर्ने कांग्रेसको माग छ । जोखिम रहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगर्ने हो भने हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुने कांग्रेसको भनाइ छ । कांग्रेसले लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेतर्फ सरकारलाई सचेत गराएको छ । उनीहरुलाई कडाइका साथ क्वारेन्टिनमा राखेर परीक्षण पछि सुरक्षित रूपमा घर पु-याउने प्रबन्ध गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको कतिपयमा अलपत्र रहेको भन्दै सीमामा रहेका नेपालीवारे स्पष्ट धारण बनाउन पनि आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie