कांग्रेसको आन्दोलन घोषणा: ३० गते देशभर प्रदर्शन गर्ने

काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको हो । पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टाछुट्टै छलफल भएको थियो ।

यसअघि काँग्रेसले पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरीय र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन गरेको थियो ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२४ आश्विन २०७७, शनिबार १६:२३ २४ आश्विन २०७७, शनिबार १६:२३

काठमाडौं : नेपालमा…

१२ भाद्र २०७७, शुक्रबार ०८:३९ १२ भाद्र २०७७, शुक्रबार ०८:३९

काठमाडौं : बीपी…

२१ मंसिर २०७७, आईतवार १२:४० २१ मंसिर २०७७, आईतवार १२:४०

काठमाडौ । प्रधानमन्त्री…

Techie