कांग्रेसका असन्तुष्ट पक्षले दर्ता गराए विरोध पत्र

काठमाडौं : १४ औं महाधिवेशनको सुनिश्चितताको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको असन्तुष्ट पक्षले पार्टीका विरोध पत्र दर्ता गराएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्पन्न गर्ने वातावरण बनाउन माग गर्दै आज पार्टी कार्यालय सानेपामा विरोधपत्र दर्ता गरेका हुन् ।

पत्रमा  नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायत २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्  । पत्रमा विभागहरुको गठन, भातृसंस्थाको निर्वाचन र क्रियाशिल सदस्यता लगायतका विषय समेटिएका छन् । देउवाको कार्यशैलीको आलोचना गर्दै आएको कृष्णप्रसाद।सिटौला पक्षले भने विरोध पत्रमा हस्ताक्षर गरेको छैन ।

विधानतः चार वर्षको कार्यकालभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था भएपनि त्यसको कुनै तयारी नभएको पत्रमा उल्लेख छ । समयावधि भित्रै महाधिवेशनको लागि निरन्तर आवाज उठाउँदा पनि सभापति देउवाले सुन्न नचाहेको महाधिवेशन नगर्ने प्रपन्च गरिरहेको पत्रमा उल्लेख छ । निर्धारण गरिएको समय २०७७ फागुनभित्र १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रमुख दायित्व नेतृत्वकै भएको उनीहरुको ठहर छ ।

पार्टीभित्रै संगठनमा वर्चश्वको चिन्तामा मात्र केन्द्रित भएकाले नेतृत्व मूल प्रतिपक्षीय दायित्वबाट बञ्चित भएको पौडेल समूहले आरोप लगाएको छ। महाधिवेशनको औपचारिक प्रकृया शुरु भएपछि पार्टीको नेतृत्वबाट झन् बढी विधिविहीन, अराजकता, आपसी अविश्वास, द्वन्द्व, पक्ष–विपक्षको रुपमा धु्रवीकृत भएको पौडेल समूहको भनाइ छ ।

सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा जिल्लामा महाधिवेशन नगर्ने नियतले बखडा झिकेको आरोप पनि असन्तुष्ट समूहको छ । पौडेल समूहले सभापति देउवाले गरेका पछिल्ला निर्णयहरु सच्चाउनुपर्ने माग राख्दै आइरहेको छ। शनिबार पौडेल समूहको भेलाले सभापति देउवालाई दबाब दिन विरोधपत्र दर्ता गर्ने निष्कर्ष निकालेको थियो ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

३० असार २०७७, मंगलवार ०७:४० ३० असार २०७७, मंगलवार ०७:४०

काठमाडौं : भगवान…

१६ माघ २०७७, शुक्रबार ०७:३९ १६ माघ २०७७, शुक्रबार ०७:३९

काठमाडौं : देश र…

८ श्रावण २०७७, बिहीबार १९:०८ ८ श्रावण २०७७, बिहीबार १९:०८

काठमाडौ । हत्या…

Techie