कसैले पनि अनाथ भएको महशुस गर्नु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले पनि अनाथ भएको महशुस गर्न नपर्ने बताएका छन् । आज सामाजिक सुरक्षा दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सहारा विहीनहरुका लागि सरकार रहेको बताएका हुन् ।

उनले सामाजिक न्याय र समानताका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाकोे पनि सुरुवात गरेको बताए ।

प्रधानमन्त्री ओलीले सरकार सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिडेको सरकार, सुशासन र विकासको अभियानमा लम्किरहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले २०५१ सालबाट सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिकहरु, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लिएको र लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरुप पनि लिन थालेको पनि स्मरण गरेका छन् । सरकारले हरेक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie