करोडैको केराखेती नोक्सान

झापा- झापामा हावाहुरीले ठूलो क्षेत्रफलमा लगाइएको केरा खेतीमा क्षति पु¥याएको छ । वर्षासहित शुक्रबार बेलुकी आएको हावाहुरीले केराखेतीमा क्षति पुगेको हो ।

दुःख गरेर लगाएको खेती तयार हुने बेला नष्ट हुँदा किसानहरुलाई मर्का परेको छ । हावाहुरीका कारण झापा जिल्लामा ठूलो क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पुगेको छ । वर्षासहित शुक्रबार बेलुकी आएको हावाहुरीले बिगौ जग्गामा लगाइएको केराखेतीमा क्षति पुगेको हो । वर्षभरी दुःख गरेर लगाएको केरा खेती तयार हुने बेला नष्ट भएपछि किसानहरु मर्कामा परेका छन् । बाह्रदशी गाउँपालिकाको बत्तीसबिघामा १ सय ५० विगाहा क्षेत्रफलमा लगाइएको केरामध्ये ३० विगाहा क्षेत्रफलमा लगाईएको केरा हावाहुरीले लडाएर नष्ट गरिदिएको छ ।

हावाहुरीका कारण पसाउन लागेका, पसाएका र निकाल्ने तयारी अवस्थामा पुगेका केरामा क्षति पुगेपछि किसानमा निराशा छाएको छ । जिल्लाका अधिकांश किसानहरुले केराको विमा गरेका छैनन् । बिमा कस्ले गर्छ भन्ने बिषयमा ज्ञान नभएका कारण पनि अधिकांश किसानहरुलाई मर्का परेको छ । बैंकबाट ऋण लिएर लिजको जग्गामा केरा खेती थालेका किसानहरुलाई प्राकृतिक प्रकोपले विनास निम्त्याउँदा बैंकको ब्याज कसरी तिर्ने, बालबच्चा कसरी पढाउने, मजदुरहरुको पारिश्रमिक कसरी तिर्ने र पुनः खेती कसरी सिर्जना गर्ने भन्ने चिन्ता बढेको छ ।

किसानहरुले हावाहुरीका कारण भएको नोक्सानीको क्षतिपूर्ति र केराको बिमा सहज तवरले हुने वातावरण बनाइदिन सरकार समक्ष माग गरेका छन् । जिल्लाकै पकेट क्षेत्र मानिएको बत्तीसविघा क्षेत्रमा उत्पादन हुने केरा झापा सहित मोरङ, सुनसरी तथा काठमाण्डौंका बिभिन्न बजारमा पुग्ने गर्दछ । यहाँका किसानले वर्षमा करिब २ देखि ३ करोडसम्मको केरा उत्पादन गर्दै आएका छन् ।

भिडियो: 

तपाईको प्रतिक्रिया

Techie