कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी नहुने – रामचन्द्र पौडेल

?????????????????????????????????????????????????????????

नेपाली:  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी नहुने बताएका छन् । बिहीबार गृह जिल्ला तनहुँको व्यास नगरपालिका– १, १० र ११ जोड्ने तालघारेस्थित बुल्दी खोला पुल उदघाटन गर्दै उनले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नभएको समेत बताए । लोकतन्त्र संस्थागत गर्न अझै बाँकी रहेको पनि पौडेलले बताए ।

नेता पौडेलले सरकार अवसरवादको बाटोमा हिँडेको उनको आरोप समेत लगाए । नेता पौडेलले राजनीतिलाई सुधार गर्नुपर्ने बताएका छन् । नेपाली समाजलाई लोकतान्त्रिकरण गर्न कांग्रेस लागिपरेको भन्दै नेता पौडेलले त्यसका लागि कांग्रेस आफै लोकतान्त्रिक बनेर आफूभित्र भएको विकृतिलाई सुधार गर्दै अगाडि बढनुपर्ने उल्लेख गरे । बुधबार दमौलीमा घटेको घटनाले नेपालमा तरंग आएको र प्रजातन्त्रवादीहरूको मनमा चस्को पसेको उनको भनाइ छ । भ्रष्टचार, पक्षपात, कुशासनमा लिप्त सरकारका विरुद्ध पनि अब आन्दोलन चर्काउने चेतावनी पनि उनले दिए । उनले न्यायिक निकायलाई पनि सावधान गर्ने आन्दोलनको आवश्यकता औल्याए । कांग्रेसका वरिष्ठ नेता पौडेलले बुधबार उदघाटन गर्न नपाएको पुल उदघाटनका लागि बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उदघाटन गर्न पुगेका थिए । बिहीबार भने पुल उदाटनमा प्रशासनले अवरोध गरेन । त्यस क्रममा कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Techie