कडा सुरक्षा व्यवस्थाबिच नेकपा स्थायी कमिटी बैठक सुरू, अध्यक्ष ओली अनुपस्थित

काठमाडौ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षा घेराबिच सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थितित भएका छैनन् । हल सानो भएकाले कोरोनाको संक्रमण उच्च भएको भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको नेकपा उच्च स्रोतले बताएइको छ ।

पार्टीले यसअघि दुई अध्यक्षको सहमतिमा मात्रै बैठक डाक्ने र निर्णय गर्ने उल्लेख  गरेपनि ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठकलाई मध्यनजर गरेर धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था अत्यान्त कडा पारिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ।

यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ।

यसअघि पनि धुम्बाराहीमा तय भएको सचिवालयको बैठक ओलीका सुरक्षाको कारण देखाउदै अन्तिम समयमा प्रधानमन्त्री निवास बालुवाटारमै सारिएको थियो ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२५ श्रावण २०७७, आईतवार १६:२१ २५ श्रावण २०७७, आईतवार १६:२१

काठमाडौं : नेपालमा…

१२ बैशाख २०७८, आईतवार ११:२२ १२ बैशाख २०७८, आईतवार ११:२२

काठमाडौ । ६ वर्षअघि…

३० बैशाख २०७७, मंगलवार १७:१५ ३० बैशाख २०७७, मंगलवार १७:१५

सुमन ढुंगाना पोखरा…

Techie