कंगोमा सैनिकविच कुटाकुट भएको घटनाको नेपाली सेनाद्वारा छानविन सुरु

काठमाडौं:  अफ्रिकी मुलुक कंगोमा शान्ति स्थापनामा खटिएका सैनिकविच कुटाकुट भएको घटनाको नेपाली सेनाले छानविन सुरु गरेको छ । घटना छानविनको लाथि ज्येष्ठ सेनानीको नेतृत्वमा छानविन थालिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको हो । अनुशासन उल्लंघन गरेको कसुरमा कंगोमा खटिएको नेपाली सेनाका अधिकृत र जवानमाथि छानविन सुरू गरिएको निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ । बिहीबार कंगोमा खटिएको क्याम्पमा सैनिक अधिकृतहरूले जवानलाई कुटपिट गरेको विषय सामाजिक सञ्जालवाट बाहिरिएको थियो । सैनिक जवान र क्याप्टेनहरूबीच झगडा हुँदा कुटपिट भएको बताइएको छ । शान्ति स्थापनार्थ खटिएको गणमा सैनिक आचरण र मर्यादाविपरीत कार्य भएको निस्कर्ष सहित सेनाले घटनामा ‘कोर्ट अफ इन्क्वायरी’ सुरू गरेको हो । शान्ति स्थापना कार्यमा संलग्न सेनाका सदस्यमा उच्चस्तरको अनुशासन कायम राख्न छानविन थालिएको विज्ञप्तीमा उल्लेख छ । कंगोमा सेनाको सात सय जनाको पल्टन शान्ति स्थापनार्थ खटिएको छ । सो पल्टन एकबर्षे कार्यकाल पुरा गरेर यही महिना स्वदेश फर्कन लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Techie