ओलीलाइ लक्षित गर्दै भुषालले भनिन्: ‘नैतिक जिम्मा लिने संस्कृति विकास गरौं’

काठमाडौ । नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भूसालले प्रतिनिधि सभा विघटन सर्वोच्चबाट बदर भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा आफूले गरेको बताइन् । फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि प्रधानमन्त्रीले नैतिकता देखाउने अपेक्षा गरे पनि प्रधानमन्त्रीले मिचाहा प्रवृत्ति देखाएको उनले बताइन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले सांसद भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिडियाको कार्टुन हेर्न सुझाएकी छन्।सारा मिडियाको कार्टुन हेर्‍यो भने के छ, अलिकति आत्मसमीक्षा गर्नुपर्दैन?’, भुसालले भनिन्,’प्रधानमन्त्री निकटका साथीहरू छातीमा हात राखेर बिहान योगा हैन योगाका ठाउँमा आत्मसमीक्षा गरौं। नैतिक जिम्मा लिने संस्कृति विकास गरौं। त्यो लोकतन्त्रको अभिन्न अंग हो।’

उनले मन्त्रीहरूलाई नेताहरूको अन्ध समर्थन नगर्न आग्रह गरिन्।

तपाईको प्रतिक्रिया

Techie