ओली-दाहाल भेटवार्ता जारी, नेता खनाल पनि सहभागी

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेकपाका शीर्ष नेताहरुबीच छलफल जारी छ । छलफलमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल सहभागी छन् ।

दुई अध्यक्षको भेटमा आज वरिष्ठ नेता झलनाथ खनाललाई पनि सहभागी गराइएको हो । गएको मंगलबार तय भएको स्थायी समिति बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष दाहालले बैठक सन्चालन गरेका थिए । त्यसपछि थप तिक्तता बढी ओली दाहालबीच सम्वाद समेत हुन सकेको थिएन ।

ओली र दाहालबीच सम्वाद गराउन दोस्रो तहका नेताहरु केही दिनदेखि सक्रिय थिए । प्रधानमन्त्री ओलीको राजीनामाको विषयलाई लिएर पछिल्लो समय नेकपा भित्रको विवाद तीब्र बनेको छ ।

तपाईको प्रतिक्रिया

Techie