ओलीले जनताको विश्बास माथि घात गरेः नेता सिंह

काठमाडौं- नेपाली कङग्रेसका नेता प्रकाशमान सिंहले केपी ओलीले जनताको विश्वास माथि घात गरेको आरोप लगाएका छन् ।

काठमाडौंको टोखामा आयोजित  शुभकामना आदानप्रदान तथा गणेशमान सिंहको स्मृतिमा निमार्ण गरिएको  पोखरीको उद्घाटन कार्यक्रममा नेता सिंहले नैतिकता नभएको प्रधानमन्त्री धेरै समय राख्न नहुने भन्दै तत्काल ओलीको विकल्प खोज्नु पर्ने बताए  ।

उनले भने,‘ प्रधानमन्त्री ओलीले संविधान मिचेर आफू अनैतिक भएको पुष्टि गरिसक्नुभयो । अन्तराष्ट्रिय प्रचलन, संवैधानिक दृष्टिकोणले पनि ओली प्रधानमन्त्री पदका लागि अयोग्य भइसके । अब ओलीको विकल्प तत्काल दिनुपर्छ ।’

साथै नेता सिंहले राजनीतिका ठीक भएका देशको सामाजिक , आर्थिक लगायत सम्पुर्ण क्षेत्रको बिकास हुने भन्दै राजनीति गर्ने नेतामा नैतिकता हुन जरुरी रहेको पनि बताए ।

उनले सरकार परिवर्तन गर्न काँग्रेस एक्लैको बहुमत नपुग्ने हुँदा ढिला भएको बताउँदै  आफूहरुलाई जनताले प्रतिपक्षमा बस्ने अधिकार दिए पनि कम्युनिष्टहरुले देश सञ्चालन गर्न नसकेका कारण सरकार निमार्णमा अग्रसर भएको प्रस्ट पारे ।

देश बचाउन, लोकतान्त्रिक मूल्यमान्यता बचाउनको लागि भए पनि अहिले काँग्रेसले प्रभावकारी भूमिका खेल्ने अवस्था आएकाले आफूहरु त्यसमा लागि परेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Techie