ओलीले कीर्ते कागज बनाएर प्रतिनिधिसभा विघटन गरे : रावल

कैलाली । नेकपा दाहाल नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले कीर्ते कागज बनाएर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । आइतबार नेकपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको कीर्ते सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको आरोप लगाएका हुन । रावलले ओली सरकार होइन् किर्ते सरकार भएको बताउदै प्रधानमन्त्रीले राष्ट्रपतिलाई पत्र लेख्दा कुनै धारा उल्लेख नगरेको र राजपत्र पनि नक्कली रुपमा पहिलेको मिति राखेर सरकारले किर्ते गरेको दावी गरे ।
रावलले प्रतिनिधिसभा विघटनपछि बहुमत सदस्य रहेको आफ्नो पक्ष नै आधिकारिक भएको बताएका छन् । उनले ‘निर्वाचन आयोगले पनि बहुमत सदस्य कता छन् भन्ने हेरेर नै आधिकारिकता सम्बन्धी विवाद समाधान गर्ने बताए । नेकपा दाहाल–नेपाल समूहले धनगढीमा माघ १७ गते विरोध सभा गर्ने भएको छ । सभालाई पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधब नेपालले सम्बोधन गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Techie