अध्यक्ष ओलीको भ्याकेटमा प्रदेशका ४ सांसदलाई उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालते नेकपा एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णाली प्रदेशका ४ सांसदलाई जवाफसहित उपस्थित हुन आदेश गरेको छ ।फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाउन आदेश दिएको हो ।
अध्यक्ष ओलीलेदर्ता गराएको भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले रिट निवेदकलाई सूचना दिन आदेश गरेका हुन् ।
कर्णाली प्रदेशका प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै महाधिवेशन आयोजक कमिटीले कारवाही गरेको थियो । कारवाही विरुद्ध चारैजना प्रदेश सांसद सर्वोच्च गएपछि उक्त कारवाहीलाई सर्वोच्चले अस्वीकार गर्दै महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने आदेश दिएको थियो ।

यसअघि एमाले दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अवैध भन्दै सर्वोच्चले ४ जनाको पुनर्वहाली गरेको थियो । पदमुक्त गरिएका सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्धको पुनरावलोकन (भ्याकेट) माथिको सुनुवाइपछि आज सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट निवेदन दिएका थिए ।

तपाईको प्रतिक्रिया

Techie