ओलम्पिक भिलेजभित्रै कोरोना संक्रमण बढ्न थालेपछि आयोजक जापान चिन्तित

टोकियो ओलम्पिकमा सहभागी हुन जापान पुगेकी एक अमेरिकी खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकी जिमनास्ट खेलाडीमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकी खेलाडीमा कुनै लक्षण देखिएको छैन । इन्जाई शहरमा रहेको ट्रेनिङ्ग क्याम्पमा संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेशनमा राखिएको छ । संक्रमितसँगै सम्पर्कमा आएका अर्का एक सदस्यलाई पनि क्वारेन्टिन पठाइएको छ । अमेरिकी ओलम्पिक कमिटीले संक्रमित किशोरी जिम्न्यास्टिक टिमकी बैकल्पिक खेलाडी भएको जनाएको छ । ओलम्पिक भिलेजभित्रै कोरोना संक्रमणको दर बढ्न थालेपछि अन्तराष्ट्रिय ओलम्पिक कमिटी र आयोजक जापानलाई सबैभन्दा चिन्ताको विषय बनेको छ । शनिबार र आइतबार दक्षिण अफ्रिकी फुटबल टोलीका सदस्यमा संक्रमण देखिएको थियो । सोमबार चेक रिपब्लिकका बिच भलिबल खेलाडीमा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म ओलम्पिकमा सहभागी हुन जापान पुगेका ५० जनाभन्दा बढी खेलाडी र खेल पदाधिकारीमा संक्रमण पुष्टि भैसकेको छ ।

तपाईको प्रतिक्रिया

Techie