ओमानमा रहेका अवैध नेपाली कामदार जरिवाना नतिरी स्वदेश फर्कन पाउने

काठमाडौ । ओमानले अवैध नेपाली कामदारलाई जरिवाना नतिरी स्वदेश फर्कन दिने भएको छ । ओमानको श्रम मन्त्रालयले मंगलबार एक निर्णय गर्दै नेपाली कामदारलाई यस्तो सुबिधा दिएको हो । अबैध कामदारलाई घर फर्किनका लागि नोभेम्बर १५ देखि डिसेम्बर ३१ सम्मको समयसीमा दिइएको छ । सो अवधिमा उनीहरु घर फर्किए श्रम सम्बन्धी कुनैपनि जरिवाना तिर्नुनपर्ने निर्णय ओमान सरकारले गरेको हो । कामदारहरु आफ्नै खर्चमा घर फर्कनु पर्ने ओमानस्थित नेपाली दुतावासले जनाएको छ । दूतावासले यसरी नेपाल जान चाहने नेपाली नागरिकहरूले पासपोर्टको म्याद सकिएको भएमा वा ट्राभल डकुमेन्ट बनाउन परेमा अविलम्ब सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie