एम्बुलेन्स र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु

बाँके : बाँकेको कोहलपुर नगरपालिका– ११ मा एम्बुलेन्स र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्स र से ५ प ४८४ नम्बरको मोटरसाइकल होटल अतिथि अगाडि ठक्कर खाँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालिकोट सान्नी त्रिवेणी ९ कि शोभा बटाला रहेकी छिन् । मोटरसाइकल चालक कालिकोटकै द्धन्द विक्रम विष्ट गम्भिर घाइते भएका छन् । एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका ६ का रामबहादुर थारु सामान्य घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

Techie