एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा सल्यानमा चार जना पक्राउ

एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा सल्यानमा चार जना पक्राउ परेका छन । रुकुमबाट दाङतर्फ जाँदै गरेको मानव परोपकार तथा समाज कल्याण केन्द्र दाङको रा १ च ५१२ नम्बरको एम्बुलेन्समा चढेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा दाङको लमही ३ का मिनराज सुबेदी, रबिन चौधरी, डिट्टु चौधरी र एम्बुलेन्स चालक शान्तिनगर २ बाघमारेका गिरिराज खत्री रहेका छन । उनीहरुले लकडाउनमा झुठो कागजपत्र र नक्कली बिरामी बनाई एम्बुलेन्स दुरुपयोग गरेका हुन । उनीहरुमाथि लकडाउन उल्लंघन,एम्बुलेन्स दुरुपयोग,नक्कली कागजपत्र बनाएको अभियोगमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie