एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको पार्टी रोज्न पाउने अधिकारबिरुद्ध कुनै कामकारबाही नगर्न निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ।

सर्वोच्चले मंगलबार अन्तरिम आदेश जारी गर्दै पाण्डे र भट्टले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आबद्ध हुन गत भदौ ८ गते निर्वाचन आयोगमा निवेदन गरेकाले उनीहरुको उक्त दलमा आबद्ध हुन पाउने हकमा कुनै असर पर्ने गरी कामकारबाही नगर्नरनगराउन निर्वाचन आयोगलाई भनेको छ।

निवेदनको अन्तिम किनारा नलागेसम्म उक्त अन्तरिम आदेश गरिएको मंगलबारको फैसलामा उल्लेख छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उक्त फैसला गरेको हो।

पाण्डे र भट्टलाई निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी दलको सनाखतमा सामेल नगरेपछि उनीहरुले सर्वोच्च गुहारेका थिए। योसँगै संसदमा समाजवादी सांसदको संख्या ३२ पुगेको छ।

 

 

तपाईको प्रतिक्रिया

Techie