एमसीसी र अतिक्रमित भूमीको बिरोधमा हनुमान ढोकामा प्रर्दशन (हेर्नुहोस् तस्बिरमा)

काठमाडौ । मातृभुमी संरक्षण नेपालले एमसीसी सम्झौता खारेजी तथा अतिक्रमित भूमी फिर्ताको माग गर्दै प्रदर्शन गरेको छ। मंगलबार दिउँसो हनुमानढोका परिसरबाट सुरू भएको प्रदर्शन नारायणहिटि दरबारमा पुगेर टुंगिएको छ । राष्ट्रिय झण्डा जुलुस नाम दिएको प्रदर्शनमा सहभागीहरुले  एमसीसी सम्झौता मार्फत अमेरिकी साम्राज्यवाद लादन खोजेको र भारतीय बिस्तार वाद ले नेपालको भुमी कालापानी ,लिपुलेक तथा लिम्पियाधुरा कब्जा गरेको भन्दै बिरोध गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले राजतन्त्र अहिलेको आवश्यक्ता भन्दै नारा समेत गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरु

तस्बिर: नबिन श्रेष्ठ

तपाईको प्रतिक्रिया

Techie