एभिन्यूज प्रतिष्ठान शाखाका सबै पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित, अध्यक्षमा सिंह

काठमाडौं : नेपाल पत्रकार महासंघ एभिन्यूज प्रतिष्ठान शाखाका सबै पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका छन् । बुधवार भएको प्रतिष्ठान शाखाको निर्वाचनमा सबै पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षमा रञ्जित सिंह, उपाध्यक्षमा रिजेश तण्डुकार र महिला उपाध्यक्षमा संगीता लामा निर्वारोध निर्वाचित भएका छन् ।

त्यसैगरी, सचिवमा रामकृष्ण लामिछाने, सहसचिवमा विष्णु बसौला र कोषाध्यक्षमा सरोज पौडेल निर्विरोध भए ।

त्यसैगरी सदस्यहरुमा शिक्षाचन्द्र आचार्य, सुस्मिता बानियाँ, राजकिरण थापा र रामशरण सुवेदी निविरोध चुनिएका हुन् ।

नवनिर्वाचित पदाधिकारी र सदस्यलाई एभिन्यूज खबरका कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारले निर्वाचन अधिकृतको उपस्थितिमा प्रमाणपत्र वितरण गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie