एभिन्यूजकर्मीमाथि हातपात भएको घटनामा प्रहरीले माग्यो माफी (भिडियो सहित)

काठमाडौ । नेपाल प्रहरीले एभिन्युजकर्मी माथि हातपात भएको घटनाको बिषयमा गल्ति भएको भन्दै माफि मागेको छ । दरबारमार्गका प्रहरी प्रमुख रामेश्वर पौडेलले एभिन्यूज समक्ष गल्ति भएको भन्दै माफी मागेका हुन । गत शुक्रबार राती काठमाण्डौको नक्साल स्थित होटल मेरियटमा भएको घटनालाई पोडेलले गल्ति भएको स्वीकार गरेका छन । पौडेलले अब आगामी दिनमा यस्तो घटना नदोहिरिने समेत बताए ।

खबर संकलनका लागी होटल मेरियटमा पुगेका एभिन्युजकर्मी शितल रिजाल र सुरेश रजक माथि प्रहरीले हातपात गरेको थियो । प्रहरी नायव उपरीक्षक पौडेलको नेतृत्वमा रहेको टोलीले एभिन्युजकर्मीलाई डेढ घण्टा नियन्त्रणमा लिएर क्यमेरा समेत तोडफोड गरेको थियो । सो घटनामा प्रहरीले वाक स्वातन्त्रता र सुचनाको हकको धज्जी उडाएको भन्दै सबत्र बिरोध भएको छ ।

हेर्नुहोस् भिडियो

 

तपाईको प्रतिक्रिया

Techie