एडीबीद्धारा नेपाललाई करिव तीस अर्ब रुपैया ऋण सहायता

एसियाली विकास बैंक एडीबीले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई करिव तीस अर्ब रुपैया ऋण सहायता उपलब्ध गराएको छ । सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोरोना संक्रमणका कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणका लागि एडीबीले ऋण सहयोग उपलब्ध गराएको हो । सो सम्बन्धी सम्झौता पत्रमा आजै अर्थ मन्त्रालय र एडीबीविच सम्झौता भएको छ । ‘कोभिड नाइन्टिन एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डिचर’ सहायता कार्यक्रम अन्तर्गत नेपालले ऋण सहायता पाएको हो । सो रकमवाट सरकारले सात वटै प्रदेशमा कम्तिमा २ लाख क्वारेन्टिन निर्माण र दैनिक ३ हजार मानिसको कोरोना परीक्षण गर्न सक्ने एडीबीले जनाएको छ । गरिब तथा कमजोर आयस्रोत भएका परिवारलाई खाद्यान्न वितरण, कमजोर आय भएका बेरोजगार मानिसलाई रोजगारी प्रदान लगायतका क्षेत्रमा पनि सो रकम खर्च हुनेछ । यसअघि एडीबीले कोभिडसँग २० अर्ब डलरको सहायता घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया

Techie