एक पटक कोरोना लागेको व्यक्तिलाई आर्काे पाँच महिनासम्म पुन:कोरोना संक्रमण हुने संभावना न्युन

एक पटक कोरोना भाइरसबाट संक्रमित भएको व्यक्ति कम्तीमा अर्को पाँच महिनासम्म संक्रममण हुनबाट बच्ने एक अध्ययनले देखाएको छ । पब्लिक हेल्थ इङ्गल्यान्डको अध्ययनले कहिल्यै संक्रमण नभएका व्यक्तिको दाँजोमा एक पटक संक्रमत भएका व्यक्तिलाई ८३ प्रतिशतले कम हुने पत्ता लागेको हो । सन् २०२० को जूनदेखि नोभेम्बरसम्म बेलायतमा कोरोना संक्रमण भएका २१ हजारमा गरिएको परीक्षणवाट यो नतिजा आएको हो । तीमध्ये पहिले संक्रममण नभएका व्यक्तिहरूमध्ये ३ सय १८ जनालाई संक्रमण भएको र सङ्क्रमित भएर निको भएका ६ हजार ६ सय १४ जनामध्ये ४४ जनालाई मात्रै फेरि संक्रममण भएको थियो । वैज्ञानिकहरूले ती स्वास्थ्यकर्मीहरूको स्वास्थ्य अवस्थाको एक वर्षसम्म अध्ययन गर्नेछन् । भाइरसको नयाँ प्रकार र खोपको प्रभावकारिताको पनि अध्ययन गर्ने तयारी छ । बैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमण दोह¥याएर हुनसक्ने र अरूलाई सार्न सक्ने सम्भावना भने रहेको बताएका छन । नयाँ अध्ययनको नेतृत्व गरेकी प्राध्यापक सुसन हप्किन्सले अध्ययनको नतिजाले निको भएका सङ्क्रमितहरू यसअघि सोचिए भन्दा लामो समय बच्न सक्ने बताइन । पुनः सङ्क्रमित भएका केहीमा लक्षण नदेखिए पनि भाइरसको मात्रा ज्यादै धेरै भएको र अरूलाई सार्न सक्ने देखिनु चिन्ताको विषय भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Techie