एकै दिन थपिए ७४० जना कोरोना संक्रमित, संक्रमित संख्या १५ हजार २५९ पुग्यो

काठमाडौ । पछिल्लो २४ घण्टामा कोरोनाका ७४० जना संक्रमित थपिएका छन्। एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो। यी सहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन्। यी सहित हालसम्म निकाे हुनेकाे कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ।विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४२ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

३० कार्तिक २०७७, आईतवार १६:२७ ३० कार्तिक २०७७, आईतवार १६:२७

काठमाडौं । पछिल्लो…

२४ श्रावण २०७७, शनिबार १२:३५ २४ श्रावण २०७७, शनिबार १२:३५

पर्सा : पर्सामा…

१७ भाद्र २०७७, बुधबार १३:४१ १७ भाद्र २०७७, बुधबार १३:४१

काठमाडौं : उपत्यका…

Techie