एकै दिन थपिए दुइ हजार भन्दा बढी कोरोना संक्रमित

काठमाडौ । नेपालमा एकै दिन २ हजार बढी जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा अहिलेसम्म कै बढी २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । २४ घण्टामा ११ हजार ४ सय ५८ पीसीआर परीक्षण गर्दा ६ सय ३९ महिला र १ हजार ३ सय ८१ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । काठमाडौं उपत्यकामा थप ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६ सय ९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जना संक्रमित थपिएका छन् । त्यस्तै बढी संख्यामा संक्रमित हुने जिल्लाहरुमा मोरङ १ सय १८, सुनसरी ५८, बारा, ७८, सप्तरी ४५, चितवन १ सय ९१, कास्की ८६, नवलपरासी ८०, रुपन्देही ८६, सुर्खेत १ सय १७ रहेका छन् । अहिले देशभरका आइसोलेशनमा १७ हजार ३ सय ८३ जना रहेका छन् । तिमध्ये ८ हजार ८८ होम आइसोलेसन र ९ हजार २ सय ९५ संस्थागत आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घन्टामा ८ सय ७१ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ । डिस्चार्ज हुने ७१ प्रतिशत रहेको छ । देशभरि क्वारेन्टिनमा ७ हजार ७ सय ३६ जना रहेका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म ८ लाख ९४ हजार ३ सय ७३ वटा पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा थप ७ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ जना पुरुष रहेका छन् । काठमाडौं र ललितपुरका एक एक जना महिलाको मृत्यु भएको छ । त्यस्तै मोरङ दुई, काठमाडौ, भक्तपुर र नवलपरासी एक एक जना पुरुषको पनि मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ सय ७३ जनाको आईसीयुमा र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

३ असार २०७७, बुधबार ०८:०५ ३ असार २०७७, बुधबार ०८:०५

बाँके : बाँकेको…

२ जेष्ठ २०७७, शुक्रबार २१:५२ २ जेष्ठ २०७७, शुक्रबार २१:५२

नेपालमा आज एक बालकसहित…

१२ आश्विन २०७७, सोमबार ०९:१७ १२ आश्विन २०७७, सोमबार ०९:१७

काठमाडौं : औषधि…

Techie