ऋणमा अमेरिकी सरकार : ३० खर्ब डलर बराबरको बजेट ऋणमा लिँदै

एजेन्सी : अमेरिकाले यो आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब डलर बराबरको बजेट ऋणमा लिने भएको छ । कोरोना भाइरसको महामारीका कारण प्रभावित भएका क्षेत्रका लागि तयार पारिएको राहत प्याकेजमा बजेट खर्च भएकाले सरकारले ३० खर्ब बजेट उधारोमा लिने भएको हो ।

सरकारले पहिले आँकलन गरेको भन्दा कोरोना भाइरस संक्रमणको प्रभाव बढी भएकाले दोस्रो त्रैमासिकमा ऋण लिनुपरेको हो । यो रकम यसअघि कुनैपनि त्रैमासिकमा लिइएको ऋणको पाँच गुणा बढी हो । दोस्रो त्रैमासिकमा ३० खर्ब उधारो बजेट लिएने भएसँगै अमेरिका सरकारको ऋण २५ ट्रिलियन डलर पुगेको छ ।

कोरोना संक्रमणपछि अमेरिकी सरकारको ऋण सन् २००८ को आर्थिक मन्दीका बेलाको अवस्थामा पुगेको छ । सरकारले महामारी प्रभावित ब्यक्ति, ब्यवसाय र स्वास्थ्य सेवामा सहयोग गर्न ३० खर्बको राहात प्याकेज पारित गरेको छ ।

यो राहत प्याकेज अमेरिकाको कुल बजेटको झण्डै १४ प्रतिशत हो । कोरोना भाइरसवाट अमेरिका सबैभन्दा बढी प्रभावित मुलुक हो । अमेरिकामा हालसम्म १२ लाख १३ हजार कोरोना संक्रमित भएका छन् । ६९ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie