उपमेयर दन्ता नेपाली अमेरिकामा लुकिन्

काठमाडौं : गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) सम्पर्कविहिन भएकी छन् । दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् ।

अमेरिका पुगेको केही समय पछि उनी सम्पर्कबिहिन भएकी हुन् । दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्यको हैसियतले अमेरिकमा गोष्ठीमा सहभागी भएकी थिइन् ।

तपाईको प्रतिक्रिया

Techie