उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १ हजार ३ सय १४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Techie