उपत्यकामा थपिए ७७५ कोरोना संक्रमित, थप ६ जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोना संक्रमणबाट उपत्यकामा थप ६ जनाको मृत्यु भएको छ । संक्रमणबाट भक्तपुरमा एक महिला र एक पुरुषको मृत्यु भएको छ भने काठमाडौंका तीन पुरुष र एक जना महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie